आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उडान निगरानीको दायरा फराकिलो भयो

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • ललितपुरको भट्टेडाँडामा रहेको इनरुट मोनाप्लस सेकेन्डरी सर्भिलेन्स राडार।

    नेपाली आकाशमा हुने उडान निगरीको दायार विस्तार भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ पुस्ताको प्रविधिमा आधारित राडार सर्भिलेन्स प्रणाली जडान गरेपछि विमान निगरानीको दायरा फराकिलो भएको हो।

    जापान सरकारको सहयोगमा जडान सम्पन्न भएको नयाँ सर्भिलेन्स प्राणलीले उडानमाथि राख्ने निगरानीको क्षमता पहिलेको भन्दा बढी हुने अधिकारीहरुले बताएका छन्।

    अबदेखि नेपालका अधिकांस भागमा उडन्ने विमान कहाँ कति उचाइमा उडिरहेका छन् र जसको दुरी के कति छ भनेर थाहा हुने छ। यो भन्दा पहिले छोटो दुरीमा रहेको यस्तो दायरा ७५ प्रतिशत नेपाली आकाशमा विस्तार भएको छ।

    इनरुट मोनाप्लस सेकेन्डरी सर्भिलेन्स राडार प्रणाली ललितपुरको भट्टेडाँडा र टर्मिनल मोनाप्लस सेकेन्डरी सर्भिलेन्स राडार प्रणाली विमानस्थलमा जडान गरिएपछि यसले निगरानी गर्ने क्षमता विस्तार भएको छ।

    हालको प्रणालीले विमानस्थबाट ८० किलोमिटरको वृत्त(रेडियस)मात्र निगरानी गर्छ। तर नयाँ प्रणालीले भने उक्त इनरुट स्थानबाट ४५० किलोमिटरको वृत्तमा निगरानी गर्ने नागरिक उड्डय प्राधिकरणका निर्देशक सन्जिव सिंह कठायतले जानकारी दिए। त्यस्तै टर्मिनल राडारले पनि ३६० किलोमिटरको वृत्तलाई निगरानीमा राख्न सक्छ।

    यो भन्दा पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोमिटरको घेरामामात्र राडारबाट निगरानी गर्नसक्थ्यो भने अबदेखि उक्त दुरी ३६० हुनेछ भने इनरुट विन्दुबाट ४५० किलोमिटर।

    कठायतका अनुसार नयाँ प्रणालीले पूर्वी नेपालको पुरै भाग र पश्चिमको सुर्खेतसम्म निगरानी राख्नसक्छ।

    सन् १९९८ मा पहिलोपटक जापान सरकारले नै राखिदिएको पुरानो राडार प्रणालीलाई विस्थापन गर्ने नयाँ प्रविधिमा पनि जापान सरकारले नै बनाइदिएको हो। करिब एक अर्बको लागतमा निर्माण भएको उक्त राडार प्रणाली यही फेब्रुवरीदेखि पुरारुपमा संचालनमा आउने प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए।

    नयाँ राडार प्राणाली स्थापनापछि विमानस्थलको ट्राफिक व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ।

    ‘हालको प्रणालीले एक त छोटो दायरामात्र कभर गर्छ त्यसमा पनि कहाँ छ भन्नेमात्र जानकारी दिन्छ तर अवको प्रणालीबाट कति उचाइमा छ भन्ने पनि जानकारी हुन्छ’प्राधिकरणका निर्देशक कठायतले भने,‘कुन जहाज कति उचाइमा, कति दुरीमा उडिरहेको छ भन्नेमात्र होइन कुन जहाज हो भन्ने पहिचानसहितको जानकारी दिन्छ यसले व्यवस्थापनमा सहयोग गर्छ।’

    नयाँ प्रणाली आएपछि विमानस्थलले विमानको पहिचान वा नाम दिनसक्ने क्षमता पनि बढ्ने भएको छ। यसअघिको प्रणलीले जम्म ४ हजार ९६ वटालाईमात्र नाम दिनसक्ने क्षमता राख्थ्यो भने नयाँले ६ करोड त्यस्ता नाम दिनक्छ।

    विमानको संख्या बढीरहेको अहिलेको सन्दर्भमा एयर ट्राफिक व्यवस्थापन विमानस्थललाई चुनौतिको रुपमा देखिएको छ। तर अवदेखि व्यवस्थापनमा केही सहजतता आउने छ।

    अहिले तलमाथि रहेका विमान कति उचाइमा छन् भन्ने कुराको एकिन दुरीमा १ सय फिट तलमाथि हुने सम्भावना रहन्छ। तर अब त्यो २५ फिटमा झर्ने छ जसलेगर्दा कुन विमानलाई कहाँ व्यवस्थापन गर्ने भनेर सहज हुने विमानस्थलका इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए।

    नयाँ प्रणालीबाट सबैभन्दा बढी लाभान्वित विमानस्थल हुने छ। जसकाे एयर ट्राफिक नियन्त्रणा कार्यमा सहजता ल्याउने छ। त्याे सँगै पाइलट र अन्तत यात्रुहरु पनि लाभान्वित हुनसक्छन्।

    तर यसकाे सिमितता भनेकाे अान्तरिक उडानलाइ त्यति नियन्त्रण हुनेछैन। हिमाली र पहाडी क्षेत्रमा उडान गर्ने विमानहरु यसकाे निगरानीमा सहजै हुने छैनन्।

    हावाई क्षेत्रमा रहेका विभिन्न विमानहरुलाई डिटेक्ट गरी एयर ट्राफिक नियन्त्रण कक्षसम्म तथ्यांक पठाउनको लागि राडार प्राणली स्थापना गरिन्छ। हाल विश्वमा डिजिटल प्रविधिमा आधारित राडार स्थापना भएपनि नेपालमा भने एन्टेनामा आधारित एनालग प्रविधिकै राखिएको हो।

    स्थापना गरिएको १५ वर्षसम्म चल्ने बताइएको यो प्रणालीपछि नागरिक उड्डय प्राधिकरणले भैरहवा विमानस्थलमा भने नयाँ प्रविधको राडार राख्ने र त्यसपछि पुरा नेपाली आकाश कभर हुने बताइएको छ।

    नेपालमा भने पहिलोपटक सन् १९९८ मा जापन सरकारको सहयोगमा प्राइमेरी राडार प्रणाली जडान गरिएको थियो। जुन हालसम्म प्रचलनमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij