प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४

बुधबार आयोजित पत्रकार भेटघाटमा उनले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने बताए ।
दिनप्रतिदिन फेवाताल साँघुरिँदै जानुका साथै प्राकृतिक एवं मानवीय अतिक्रमणको शिकार बनेको बताउँदै उनले यसलाई बचाउन हर्पन खोलामा चेक ड्याम निर्माणका साथै जग्गाको वास्तविक सीमाङ्कन गर्नुपर्ने उल्लेख गरे ।
फेवातालको संरक्षणका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने देखिएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय गौरवको स्थलका रुपमा संरक्षण एवं विकास गर्नुपर्ने बताए ।
प्रतिवर्ष एक लाख ४२ हजार मेट्रिक टन माटो तथा झारपातजन्य वस्तु थुप्रिन जाँदा फेवाताल पुरिँदै गएको बताउँदै उनले यस क्रमलाई रोक्न नसके आगामी ३० वर्षमा नै तालको अस्तित्व नै समाप्त हुने खतरा रहेको उल्लेख गरे ।
प्रदेशसभाको पहिलो बैठकमा नै फेवातालको संरक्षणको विषयलाई सार्वजनिक महत्वको प्रस्तावका रुपमा लैजाने बताउँदै उनले भने, ‘मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना हटाउन महानगरपालिकाले पहल गर्नुपर्छ ।’ (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij