आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारका जनपक्षीय निर्णयबाट केही नेताहरु अत्ताल्लिए : मन्त्री यादव

  • प्रकाशित मिति : शनिबार, माघ १३, २०७४



  • काठमाडौं, माघ १३ । कृषि विकासमन्त्री रामकृष्ण यादवले सरकारले पछिल्लो समय गरेका जनपक्षीय निर्णयबाट केही राजनीतिक दलका नेताहरु अत्ताल्लिएको बताएका छन् ।

    शनिबार काठमाडौंमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री यादवले सरकारले नेपाली जनताको हितमा गरेका निर्णयलाई लिएर अत्ताल्लिनु जरुरी नभएको जिकिर गरे ।

    उनले सत्तामा हुँदा आफूले केही गर्न नसक्ने र राम्रो काम गर्नेहरुकोसमेत कदर गर्न नसक्ने परिपाटीले देशको भलो नहुने तर्क गरे ।

    कार्यक्रममा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले कामचलाउ सरकारले मनलाग्दी निर्णय गर्न नपाउने बताए । उनले सरकारले गरेका कतिपय निर्णय कानुनसम्मतसमेत नभएको बताए ।

    नेता शाहीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया टुंगो लगाउन जटिल भइरहेको बताए ।

    उनले नेताहरुको कार्यविभाजन सहजरुपमा भएमात्र एकता प्रक्रिया पनि सहज हुने उल्लेख गरे ।

    यस्तै, एमाले नेता सोमप्रसाद पाण्डेले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणामात्र हुन बाँकी रहेको बताए । एकता नचाहने केही व्यक्तिले भ्रम फैलाउने काममात्र गरिरहेको उनको भनाइ थियो ।

    उनले वर्तमाण सरकारले गरेका कतिपय निर्णयप्रति आपत्ति जनाउँदै ‘कामचलाउ सरकारले यस्तो काम गर्न पाउँदैन’–भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij