आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुध दिने गाईवस्तुलाई चकलेट!

  • प्रकाशित मिति : आइतवार, माघ १४, २०७४



  • मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो।

    मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले केही महिनाअघिदेखि दानाको आधुनिक स्वरूपमा चकलेट बजारमा पठाइएको जनाएको छ। उद्योग सञ्चालक रोम कट्टेल गाईवस्तुलाई चाहिने पोषक तत्व चकलेटबाटै परिपूर्ति गर्ने गरी उत्पादन थालिएको बताउँछन्। उनले भने, ‘सहरी संस्कृति बढेसँगै अहिले आफैं गाईवस्तु पालेर दूध खाने प्रचलन पनि बढेको तर वस्तुलाई चाहिने हरियो घाँसको अभाव भएकाले त्यो पूरा गर्न चकलेट उत्पादन गरेका हौं।’

    उनका अनुसार खसीबाख्रालाई पनि खुवाउन मिल्ने चकलेट आधा र एक केजी तौलमा उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाइएको छ। यसमा हरियो घाँसमा पाइने पोषणसँगै अतिरिक्त तत्व पनि मिलाइएको हुन्छ। पिना, आइरन, क्याल्सियम, भुसलगायत खाद्यवस्तु मिसावट गरेर चकलेट बनाइएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij