आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुवा खालमा छापा मार्न गएका प्रहरीले जुवाडेको रकम लुटपाट, लुटपाटमा संलग्न दुई प्रहरी निलम्वनमा

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • काठमाडौंको कंलकीस्थित एक जुवा खालमा छापा मार्न गएका प्रहरीलेनै जुवाडेको रकम लुटेको रहस्य खुलेको छ।

    जुवा खालमा रहेको रकम लुटेर फरार हुने प्रहरीका सई मदन बहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा निलम्वनमा परेका छन्।

    महानगरीय प्रहरी वृत्त कालीमाटीको मातहतमा रहेका असई र जनावले जुवाडेलाई लखेटेर पैसा लिएको भेटिएपछि उनीहरुलाई निलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

    उनका अनुसार सोमबार कलंकीको सगुन होटलमा जुवा खालमा छापा हान्न गएका बेला जुवाडेलाई भगाएर त्यहा भएको रकम उनीहरुले उठाएर हिँडेका थिए।

    प्रहरी स्रोतका अनुसार जुवा खालबाट सई मल्लले ४ लाख ५० हजार लुटेका थिए,भने प्रहरी जवान बुढाले १२ हजार नगद र मोवाईल लुटेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij