प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४
भारतीय विदेश सुष्मा स्वराज विशेष विमानबाट आज दिउँसो तीन बजेपछि काठमाडौं आउँदै छन्।
भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग दुई दिने भ्रमणका लागि नेपाल आउन लागि स्वराजको विस्तृत भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।
परराष्ट्र मन्त्रालयले उनी दिउँसो तीन बजेपछि काठमाडौं आउनेबाहेक थप आधिकारिक जानकारी आफूसँग नभएको बताएको छ।
‘उहाँ तीन/साढे तीन बजे काठमाडौं आउने कुरा छ, आज राजनीतिक दलका नेतासँग कुरा गर्ने भनिएको छ,’ परराष्ट्रका सहप्रवक्ता उपसचिव रामवाबु ढकालले भने, ‘थप जानकारी भारतीय दूतावासले हामीलाई उपलब्ध गराएको छैन।’
स्वराजले भोलिमात्र राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भनिए पनि समय टुंगो नलागेका ढकालले बताए।
नेपालमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएपछि पहिलो पटक भारतीय विदेश मन्त्री स्वराज काठमाडौं आउन लागेकी हुन्।
भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण उच्चस्तरीय राजनीतिक भ्रमणको निरन्तरता भएको र उनले दुई पक्षीय हितका विषयमा कुरा गर्ने बताएको छ।
विदेशमन्त्री स्वराज शुक्रबार साँझ भारत फर्कने कार्यक्रम छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij