आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्मचारीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर

  • प्रकाशित मिति : सोमवार, माघ २२, २०७४



  • सातै प्रदेशमा खटिएका ६९९ कर्मचारीमध्ये ७० प्रतिशतभन्दा बढी अझै कार्यस्थलमा पुगेका छैनन् । कर्मचारी अभावमा प्रदेशसभाको कार्यसञ्चालन अस्तव्यस्त बनिरहेको छ तर उनीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर गरिरहेका छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    कर्मचारीको हेपाहा प्रवृत्तिबाट आजित भएपछि प्रधानमन्त्री कार्यालयले दुई साताभित्र खटाइएको स्थानमा नपुग्नेमाथि कारबाही सुरु गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री कार्यालयले आइतबार पत्र लेख्दै आफूमातहतका कर्मचारी नखटाउने सचिव र खटाइएका स्थानमा नजाने कर्मचारी दुवैलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

    केन्द्रीय सरकारले खटाएका कर्मचारी समयमै प्रदेश पुग्न नसक्दा प्रदेशले राम्ररी कार्य सम्पन्न गर्न सकेका छैनन् । प्रदेशमा खोलिएका मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, अन्य मन्त्रालय र प्रदेशसभामा मुस्किलले चार-पाँच जना मात्रै कर्मचारी छन् ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले प्रदेशमा खटिएका मातहत कर्मचारीलाई तत्काल प्रदेश पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई आइतबार नै पत्राचार गरिएको जानकारी दिए । सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, अन्य विभिन्न मन्त्रालय र प्रदेशसभा सचिवालयमा गरी ६ सय ९९ जना कर्मचारी खटाइसकिएको बताएको छ । तर तीमध्ये ७० प्रतिशतभन्दा बढी कार्यथोमा पुगेका छैनन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार सामान्यले खटाएकामध्ये आकर्षक निकायको रुपमा रहेका भूमिसुधार मन्त्रालयअन्तर्गतका मालपोत, नापी, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र भौतिक मन्त्रालयअन्तर्गतको यातायात कार्यालयलगायतमा कार्यरत खरिदारदेखि उपसचिवस्तरका कर्मचारीले प्रदेशमा जान अटेर गरेका छन् ।

    यसैगरि कृषि, वन, सिँचाइमा कार्यरत प्राविधिक कर्मचारीले पनि प्रदेशमा गएर काम गर्न आनकानी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विभिन्न मन्त्रालयले प्रदेशमा खटिएका मातहत कर्मचारीलाई रमाना दिनसमेत आनाकानी गरिरहेकाले प्रधानमन्त्री कार्यालयले रमाना नदिने कार्यालय प्रमुख र सचिवलाई नै कारबाहीको चेतावनी दिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij