आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • काठमाडौं, माघ २५ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

    दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाइ उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

    काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भइ खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

    केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानुनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij