आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्छ : डा. केसी

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • काठमाडौं, माघ २७ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने फेरि माग गरेका छन् ।

    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी अनुचित चलखेल गरिरहेको र अहिलेपनि विवादास्पद कार्य गरिरहेकाले प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिनुपर्ने बताए ।

    डा. केसीले प्रधानन्यायाधीश पराजुलीले प्राप्त गरेको नागरिकताका प्रतिलिपि, शैक्षिक प्रमाणपत्र र तिनका आधारमा भएका नियुक्ति बदर गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए ।

    उनले प्रधानन्यायाधीश पराजुलीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको बताउँदै सो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग पनि गरे ।

    प्रधानन्यायाधीश पराजुलीले विभिन्न निकाय तथा अभिलेखमा चार प्रकारका फरक–फरक जन्ममिति उल्लेख गरी फाइदा लिएको भन्दै उनले प्रधानन्यायाधीश पराजुली न्यायाधीश पदका लागि उपयुक्त नभएको जिकिर गरे ।

    न्यायालयजस्तो पवित्र ठाउँमा बसेर न्यायको बिक्री गर्नेविरुद्ध आफू लडिरहने पनि डा. केसीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij