आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोठमा पराल हाल्न गएकी बालिका बलात्कृत, आरोपी भगाइए

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • सिरहा, माघ २७ । वस्तुलाई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका–३ की एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    बिहीबार बेलुका घरनजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठीएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको जनाएको छ ।

    बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।

    सिरहा अस्पतालमा उपचार सम्भव नभएपछि लहानको एक निजी अस्पतालमा पीडित बालिकाको उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बलात्कारमा संंलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

    उनले पीडित परिवार बालिकाको उपचारमा लागेकाले ढिलोगरीमात्र किटानी जाहेरी परेको बताए ।

    घटनाको सूचना पाएलगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली गाउँ पुगेपनि बाबु रामलखन र दाजु जमिन ठाकुरले आरोपीलाई भगाएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

    ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं’–उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij