प्रकाशित मिति : शनिबार, माघ २७, २०७४
मुलुक धर्मनिरपेक्षतामा गएपनि तामाङ समुदायले पुर्खौंदेखि उपभोग गर्दै आएको वस्तुमा बन्देज लगाइएकाले त्यसलाई कानुन बनाएरै फुकाउनुपर्ने उनको भनाइ छ ।
भारतका विभिन्न स्थानमा कानुन बनाएर बाटो खुलाइएको भन्दै नेपालमा पनि कानुन बनाएर बाटो खुलाउनुपर्ने उनले बताए ।
तामाङ घेदुङ संघ कार्यकारिणी समिति लमजुङको आयोजनामा शनिबार सदरमुकाम बेसीसहरमा भएको सोनाम ल्होसार कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले गोरु काटेर खाएकै कारण कुनैपनि तामाङ जाति थुनिनुपर्ने अवस्था आउन नदिन आफू लडिरहेको बताए ।
‘भाषा, लिपि, मौलिक संस्कृतिको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराकासाथ लमजुङका तामाङहरुले शनिबार धुमधामले सोनाम ल्होसार मनाएका छन् ।
२८५४औं खि ल्हो (कुकुर वर्ग)को स्वागत गर्दै तामाङ जातिले आफ्नो पहिचान झल्कने संस्कृति प्रस्तुत् गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत् गरेका थिए ।
ल्होसारको अवसरमा तामाङ जातिको संस्कृति प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै इमेज टेलिभिजन लमजुङ जिल्ला संवाददाता नवीनराज कुइँकेललाई सम्मान गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij