आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका दाङमा भेटियो

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • दाङ, माघ २८ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका दाङको लमहीे नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ ।

    अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ ।

    सोमध्ये पछाडिको सिङ अगाडिको भन्दा लामो हुन्छ । नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन ।

    वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ ।

    सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरा पनि जडान गरिएको छ ।

    हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको अभिलेख गरिएको बताइएको छ ।

    निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो ।

    दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको छ र स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता पाएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij