आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई भुक्तानी, रकम लिएर ठेकेदार बेपत्ता

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • रौतहट, माघ २९ । रौतहटको एक विद्यालयले विद्यालयको भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई रकम भुक्तानी गरेको खुलेको छ ।

    रकम पाएपछि निर्माणको जिम्मा लिएका ठेकदार बेपत्ता भएपछि निर्माणाधीन भवन आठ महिनादेखि अलपत्र परेको छ ।

    रौतहटको चन्द्रपुर–८ मोतीपुरस्थित शिवशक्ति निम्न माध्यमिक विद्यालयले निर्माणाधीन दुई कोठे ट्रस्ट भवनको रकम भुक्तानी गरेपछि ठेकदार बेपता भएका हुन् ।

    १६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्नुपर्ने भवनको निर्माणाधीन अवस्थामै १५ लाख रुपैयाँ लिएर ठेकेदार बेपत्ता बनेको स्थानीय सरोज बछारले बताए ।

    जिल्ला शिक्षा कार्यालय रौतहटबाट बिद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गत आर्थिक बर्षमा नै निकासा भएको रकमबाट निर्माणको जिम्मा दिएको शुभलक्ष्मी गणेश ग्रिल ट्रस्ट उद्योग निर्माण सम्पन्न नहुँदै बेपत्ता भएको हो ।

    बिना प्रतिस्पर्धा विद्यालयले सो उद्योगका ठेकदार रामेश्वर ठाकुरलाई निर्माणको जिम्मा दिएको पाइएको छ ।

    २०७४ साल असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी कार्यादेश पाएको उद्योगले काम सम्पन्न गर्न २०७४ पुस १७ गते पुनः म्याद थप गरे पनि निर्माण कार्य अधुरो छाडेको छ ।

    निर्माणाधीन उक्त भबनको निर्माण सामाग्री गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।

    विद्यालयका प्रध्यानाध्यापक काशिनन्दन चौधरीले निर्माणको जिम्मा लिएका ठेकदारको खोजीका लागि प्रशासनको सहयोग लिइने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij