प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४
मादक पदार्थ सेवन गरी काठमाडौंको दरबारमार्गमा रहेको आइक्लवमा गएर झगडा गर्ने सई राजुकमार श्रेष्ठ पक्राउ परेका छन् ।
बुधबार २ बजेतिर सिभिल पोशाकमा हतियारसहित छिरेका उनले क्लव संचालकसँग विवाद गरेका थिए। उनी जनसेवा वृतको सिआरभीमा कार्यरत छन् ।
पेस्तोलसहित अन्य२ जना साथि लिएर त्यहाँ पुगेका उनले संचालक र ग्राहकहरुसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ। ‘उहाँ रक्सीले टिल्ल परेर क्लव आउनु भएको थियो,’ एक संचालकले भने, आइक्लव बन्द गर्ने बेला उनले विवाद झिके।’
तत्काल उनलाई दरबारमार्गबाट खटेको प्रहरीले नियन्त्रणमा लिएको थियो। विहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा उनी भेटिएका थिए। उनलाई निलम्वन गर्ने तयारी भइरहेको छ।
काठमाडौं प्रहरीले नयाँ एसएसपी विश्वराज पोखरेल पाएको ३ दिनमा नै हतियारधारी प्रहरी नै यसरी क्लवमा भेटिएका छन् ।
प्रहरी नै यस्ता प्रकारका गतिविधीमा सम्लग्न भएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न उनलाई सुरक्षा चुनौती थपिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij