आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवलपरासीमा व्यापारी र प्रहरीबीच झडप

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • नवलपरासी, फागुन ७ । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीनजना घाइते भएका छन् ।

    महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् ।

    महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुुर्‍याउनका लागि गाडीमा राख्नेक्रममा स्थानीय व्यापारीले सोही भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए ।

    प्रहरीले बल प्रयोग गर्नेक्रममा एक राउन्ड हवाईफायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो ।

    ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैधभन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी (बर्दघाट–सूस्ता पश्चिम)का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए ।

    कपडा र सवारी–साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ ।

    गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यसअगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात् महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो ।

    उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार (राजश्व संकलन) काटेर नेपालतर्फ लैजाने सहमति यसअगावै भएपनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैधभन्दा पनि यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij