आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४ वर्षमा प्रहरीको ६ इन्काउन्टर, ५ को मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • गएको ४ वर्षमा प्रहरीले ६ वटा ‘इन्काउटर’ गर्‍यो, जसमा ५ जनाको मृत्यु भएको छ।

    गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथिनै गोली चलाउन खोज्दा गरिने प्रहरीको जवाफी कारबाहीनै इन्टकाउण्टर हो।

    प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैँटे, मनोज पुन, सोम घले, लागुऔषध दुर्वेशनी प्रविण खत्रीको मृत्यु भयो भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ।

    मृत्यु भएका ४ जनाबाट प्रहरीले हतियार पनि बरामद गरेको छ।

    २०७१ साल साउन २१ गते प्रहरीले काठमाडौंको भीमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टरमा मार्‍यो। एमाले निकटका गुण्डा नाइके चरीमाथि इन्काउटर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए।

    महानगरीय अपराध महाशाखाको प्रहरी टोली चरीलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनी मारिएका थिए।

    त्यति बेला महानगरीय अपराध महाशाखाको नेतृत्व डीआईजी पुस्कर कार्कीले गरेका थिए। चरी मारिँदा केही एमाले नेताहरू चर्को विरोधमा उत्रिए पनि पछि त्यो घटना सेलाउँदै गयो।

    २०७२ साल भदौ ३ गते प्रहरीको जवाफी फायरिङमा सामाखुसीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका कुमार श्रेष्ठ ‘घैँटे’ मारिए।

    महानगरीय अपराध महाशाखाको टोली घैटेलाई पक्राउ गर्न उनको घर कपुरधारा पुग्दा प्रहरीमाथिनै आक्रमण गरेका घैंटेलाई प्रहरीले इन्काउन्टर गरेका थियो।

     

    यो पनि हेर्नुहोस्- गुन्डा नाइके घैँटे प्रहरी कारबाहीमा मारिए

     

    घैटेलाई शरीरका विभिन्न ठाँउमा गरी ८ वटा गोली लागेको थियो। घैंटे इन्काउन्टरमा मारिएपछि केही कांग्रेस नेताले विरोधसमेत जनाए। पछि त्यो घटना पनि सेलाउँदै गयो। त्यतिबेला महानगरीय अपराध महाशाखाको जिम्मेवारी डीआईजी सर्वेन्द्र खनालले लिएका थिए।

    त्यस्तै २०७३ साल असारमा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो।

    कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्लोमा व्यापार गर्ने तथा होटल र रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो।

    काठमाडौंको बुद्धनगरबाट पक्राउ गर्ने खोज्दा प्रहरीमाथि रड प्रहार गरी भाग्न खोज्दा राईको खुट्टामा गोली हानिएको थियो ।

    त्यसैगरी २०७३ फागुनमा बौद्धबाट अपहरणमा परेका तीन जनाको उद्धार गर्न जाँदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको थियो।

    प्रहरीको गोली लागेर अपहरणमा संलग्न दुर्गा तामाङसहित चीन खवास र वीरबहादुर तामाङलाई महाशाखाको टोलीले नियन्त्रणमा लियो।

    ललितपुर कुसुन्तीका ३२ वर्षिय प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए। प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कारबाही गरेको तर खत्रीले आफैंले कन्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ।

     

    यो पनि हेर्नुहोस्-ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु

     

    यता खत्रिका बुबा प्रमोदकाअनुसार प्रहरी घरभित्रै प्रवेश गरेर उनीमाथि गोली हानेको थियो ।

    आफन्तका अनुसार भाग्दै गर्दा प्रहरीले खत्रीको टाउकोमा गोली हानेको थियो।

    खत्रिले १० वर्षदेखि लागूऔषध सेवनका साथै कारोबार र हतियारको कारोबार गर्दै आएको प्रहरी दाबी छ।

    खत्रीलाई महानगरीय अपराध महाशाखाको टोली पक्राउ गर्न उनको घरमा पुगेपछि उनी कौशीबाट हाम फालेर भाग्ने क्रममा प्रहरी इन्काउन्टरमा परेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij