शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जापानमा काठबाटै ७० तले गगनचुम्बी भवन बनाइने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • टोकियो, फागुन ९ । जापानको एक कम्पनीले काठबाट ७० तले गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । यो भवन विश्वमै काठबाट बनेको सबैभन्दा ठूलो भवन हुने बताइएको छ ।

    सुमितोमो फरेस्ट्री कम्पनीले आफ्नो ३५० औं वार्षिकोत्सवका अवसरमा यस्तो भवनको तयारी गरेको हो । ७० तले ‘डब्ल्यु ३५०’ टावर निर्माणका लागि एक लाख ८० हजार घनमिटर काठ लाग्ने कम्पनीको अनुमान छ । यो भवनको १० प्रतिशत हिस्सा भने स्टिलले ओगट्नेछ । भूकम्पबाट जोगाउनका लागि काठ र स्टिलको स्तम्भसहित ‘ब्रेस्ड ट्युब स्ट्र्क्चर’ रहने जनाइएको छ ।

    यो भवनमा ८००० परिवारका लागि आवासको व्यवस्था गरिनेछ । प्रत्येक बालकनीमा वनस्पति हुने पनि कम्पनीले जनाएको छ ।

    भवन ६० बिलियन येनको लागतमा निर्माण हुने अनुमान छ । यो भवनका लागि यसै आकारका पारम्परिक भवन बनाउनभन्दा झण्डै दोब्बर बढी खर्च हुने कम्पनीले जनाइएको छ ।

    यो भवन सन् २०४१ मा तयार पार्ने कम्पनीको योजना छ । त्यतिबेलासम्म प्रविधिको विकासले भवन निर्माणको लागतमा कमी आउनसक्ने पनि कम्पनीले जनाएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij