काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएको छ । खानतलाशीको क्रममा प्रहरीले चुणामणिबाट बिभिन्न बुदामा काम गर्ने २ पन्ने लिस्ट सहित एक थान मोबाइल, २ थान एटिएम कार्ड समेत बरामद गरेको छ ।
