आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रसंघ स्थापनापछि अर्को विश्वयुद्ध रोक्न सफल : बान कि मुन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • संयुक्त राष्ट्रसंघ, फागुन १० । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्को विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

    संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उनले बताए ।
    पूर्व महासचिव मुनले भने, ‘राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।’

    उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् उनले विश्वमा शान्ति स्थापना र शान्ति कायमगर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए ।

    वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले भने, ‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।’

    उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पु¥याइरहेको धारणा पनि सो अवसरमा राखेका थिए ।

    यस कार्यका लागि उनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिए । गरिबी निवारण, शिक्षा र स्वास्थ्यको पहूँचजस्ता विषय र क्षेत्रहरुमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना नरहेको पनि उनले बताए ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तस्रो बैठक हो । महासचिव मुनले सो बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीहरुका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राखेका थिए ।

    दोस्रो विश्वयुद्ध पछि विश्वमा शान्ति स्थापनागर्ने र सम्भावित अर्को विश्वयुद्धको अवस्थालाई रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो ।

    त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघको विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरुप काम भने हुन नसकेको विश्वमा चर्चा गर्ने गरिन्छ ।

    विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफगानिस्तान, इराकलगायतका विश्वका कतिपय देशहरुमा लाखौँलाख नागरिक मारिएका छन् । यस्तो कार्यमा पनि विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज सर्वत्र उठ्ने गरेको पाइन्छ । (रासस/सिन्ह्वा)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij