आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • नुवाकोट, फागुन ११ । नुवाकोटका एक नागरिक जन्मनुभन्दा तीन वर्षअघि नै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

    पञ्चकन्या गाउँपालिका–५ साविक भद्रुटार–३ का ‘नौले’ भनिने सानुवीरे तामाङ जन्मनुभन्दा तीन वर्षअघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भइ कारागार चलान भएका हुन् ।

    चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा वि.सं. २०१८ साल चैत ६ गते जन्मिएका तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतको वि.सं. २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनकाक्रममा उनलाई बुधबार जेल चलान गरिएको छ ।

    अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्नेक्रममा तामाङलाई बुधबार प्रहरीले भद्रुटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो ।

    उनीसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।

    ‘दोषी ठहर भएका व्यक्ति यही हो भनेर प्रहरीले उपस्थित गरायो’–विष्टले भने–‘उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।’

    जन्मनुभन्दा तीन वर्षअघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुवालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगेपनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् ।

    ‘राउतबेसी गाविस–८ मा जन्मनुभएका बुवाले वि.सं. २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ’–प्रेमबहादुरले भने–‘२०४६ देखि भद्रुटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।’

    निर्दोष व्यक्ति जेलमा जानुपरेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत् उच्च अदालतमा जान सुझाव दिएका छन् ।

    कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्योलमा परेको छ ।

    न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ गतदेखि ‘विशेष अभियान’ चलाइरहेको छ ।

    जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij