आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘गुन्डा नाइके’ एलिस गुरूङ पक्राउ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका ‘गुन्डा नाइके’ एलिस गुरूङ पक्राउ परेका छन्।

    विराटनगर प्रहरीले गुरूङलाई विराटनगरको महेन्द्र चोकको एक होटेलबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसिले जानकारी दिए।

    ‘प्रहरी आएको सूचना पाउन साथ संगै रहेका युवाले गुरुङलाई भगाउने प्रयास गरे,’ उनले भने, ‘भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिन चारैतिरबाट घेरा हालेपछि प्रहरीमाथि पनि आक्रमणको प्रयास भयो,’ उनले भने।

    विराटनगरका पेट्रोलियम एवम् तरकारी व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि गत माघ ५ गते राति भएको आक्रमणको मुख्य योजनाकारका रुपमा प्रहरीले विशेष गरेर उनको खोजी गरिरहेको थियो। घटनाको योजना बनाएर उनी फरार भएका कारण तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको थियो।

    घटनामा संलग्न विराटनगर १० का ३२ वर्षीय मोहम्मद सिद्धिकीलाई भने पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाइसकेको छ। सिद्धिकी यस अघि नै अदालतले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्। गुरुङ भने अहिलेसम्म फरार थिए। गुरुङले योजना बनाउने र सिद्धिकीले काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    १० वर्ष भन्दा लामो समयदेखि राजनीतिक छत्रछाँयामा असूली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरूङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीको भनाइ छ। तर उनले राजनीतिक दबाबका भरमा उन्मुक्ती पाउँदै आइरहेका छन्।

    पक्राउ परेका गुरूङलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij