आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रकम घोटाला प्रकरणमा विराटनगरका ठूला उद्योगी, व्यापारीका फर्म तानिए

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • विराटनगर, फागुन १४ । वस्तु आयात–निर्यातमा राष्ट्रिय वाणिज्य बैंकमार्फत् भन्सारमा दाखिला गरेको रकम घोटाला प्रकरणको अनुसन्धानको दायरामा विराटनगरका ठूला उद्योगी, व्यापारीका फर्मसमेत तानिएका छन् ।

    मोरङ प्रहरीले भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहरामार्फत् वस्तु आयात गर्दै आएका ४१ जना आयतकर्ता फर्ममाथि पहिलो चरणमा अनुसन्धान थालेको हो ।

    भन्सार एजेन्ट बोहराको सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिसमार्फत् भन्सार क्लियरिङ गर्दै आएका विराटनगरका उद्योगी महेश जाजु, प्रकाश मुन्दडा, अनोज पोद्वार, आरती स्ट्रिप्सका सन्चालक सन्जीव शर्मासहित विशाल गुप्तालगायतका उद्योगीका फर्मलाई प्रहरीले वित्तीय अपराधमा संलग्न भएको आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४/०७५ भन्दा अगाडिको ‘स्टेटमेन्ट’ झिकाएको छ ।

    गत माघ १९ मा वस्तु आयातकाक्रममा भन्सार एजेन्टले भन्सार राजश्व बुझाउन बैंकमा जम्मा गरिएको एकाउन्टपेयी चेकमा रकम नभएपछि घोटालाकान्ड सार्वजानिक भएको थियो । त्यो मुद्दासँगै विराटनगरका धेरै उद्योगीहरुसमेत अनुसन्धानको घेरामा परेका हुन् ।

    भन्सारको राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने जम्मा छैन ।

    राष्ट्रिय वाणिज्य बैंक विराटनगरसँग भएको अख्तियारी प्रयोग गर्दै निमित्त प्रबन्धक राजेश डंगोलले बैंकको रानीस्थित भन्सार शाखाको सुक्खा बन्दरगाहामा कार्यरत् वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई बैंक तथा वित्तीय संस्था ठगी गरेको आरोपमा कारबाही माग गर्दै किटानी दर्ता गरेका छन् ।

    डंगोलले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दैजाँदा बैंक घोटला प्रकरणमा १० करो भन्दा बढी ठगी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij