आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्रालयको संख्या घटाए पनि सरकारी निर्णय अझै कार्यान्वयनमा आएन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४



  • काठमाडौं, फागुन १७ । सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा बनाउने निर्णय गरेको एक साता बितिसक्दा पनि सिंहदरबारमा भने मन्त्रालयको संख्या घटेको देखिँदैन ।

    अहिले पनि सिंहदरबार यसअघि भएका मन्त्रालयहरु नै यथावत् छन् । सबै मन्त्रालयमा पुरानै बोर्ड टाँगिएको छ भने काम पनि पुरानै विभागीय ढंगबाट भइरहेको छ ।

    मन्त्रालयमा मन्त्रिपरिषद्को परिपत्र नआएका कारण मन्त्रालय घटाउने प्रक्रिया अघि नबढेको बताइएको छ ।

    मन्त्रालय घटाएसँगैै सचिवदेखि त्यहाँ कार्यरत कर्मचारीको समेत व्यवस्थापन टुंगो नलागेका कारण मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा आउन नसकेको हो ।

    सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेलले मन्त्रालय घटाउने निर्णय कार्यन्वयन हुने चरणमा गएको बताए ।

    मन्त्रिपरिषद्को कार्यालयले बुधबार मात्रै मन्त्रालय घटाउने निर्णय सम्बन्धित मन्त्रालयमा पठाएकाले भोलिदेखि मन्त्रालय मर्ज हुने क्रम शुरु हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij