आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै टीकापुर बन्द

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • कैलाली, फागुन १९ । होली खेलिरहेको अवस्थामा हत्या गरिएका कैलाली, टीकापुर–२, सीतापुरका एक युवकका आफन्तले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुरबजार बन्द गराएका छन् ।

    गत बिहीबार सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या गरिएको थियो ।

    मृतकका आफन्तले प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरअगाडि धर्ना दिएका छन् ।

    उनीहरुले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि टायर बालेर विरोध जनाइरहेका छन् ।

    फागुन १७ गते होली मैदानमा होली खेलिरहेको अवस्थामा थापामाथि छुरा प्रहार गरिएको थियो ।

    हज्जारौंको उपस्थितिमा भएको होली कार्यक्रममा थापामाथि छुरी प्रहार गर्ने व्यक्ति को हुन् भनेर प्रहरीले पहिचान गर्न सकेको छैन । के–कति कारणले उनीमाथि छुरी प्रहार भयोसम्म प्रहरीले थाहा पाउन सकेको छैन ।

    तर, प्रहरीले घटनाको आशंकामा १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताए ।

    हत्या गरिएका थापाका आफन्तले भने हत्यारा प्रक्राउ नपर्दासम्म मृतकको शव नउठाउने बताएका छन् । मृतक थापाको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij