आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको स्वागत अबदेखि सैनिक मञ्चमा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • काठमाडौं, फागुन २१ । सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक स्वागत अबदेखि सैनिक मञ्च टुँडिखेलमा गर्ने भएको छ ।

    टुँडिखेलमै नेपाली सेनाले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्नेछ ।

    पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो अति विशिष्ट विदेशी पाहुना हुने भएका छन् ।

    ‘सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यूलाई सैनिकमञ्च टुँडिखेलमा औपचारिक स्वागत गरी सम्मान गारत दिने कार्यक्रम छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसअघि यस्तो स्वागत तथा सम्मान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको अति विशिष्ट कक्षमा हुन्थ्यो ।’ –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij