आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्याक्टर कालीगन्डकीमा खस्दा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • म्याग्दी, फागुन २१ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    गलेश्वरदेखि बेनी आउँदै गरेको ग१त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणाधीन बसपार्कनजिकैबाट कालीगन्डकी नदीमा खसेको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक रघुगंगा गाउँपालिका–३ का राम विक र ट्याक्टरमा रहेका बेनी नगरपालिका–९ गलेश्वरका गणेश कार्कीको उपचारकाक्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

    तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij