आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनेरास्ववियु पुनर्गठन गरिने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०७४



  • काठमाडौं, फागुन २३ । अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।

    लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन् । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियुको नेतृत्व छाड्ने तयारीमा छिन् ।

    नेकपा माओवादी केन्द्रसँग नेकपा एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृसंगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताए ।

    ‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमासमेत निर्वाचित हुनुभएको छ’–उपाध्यक्ष बर्तौलाले भने–‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमासमेत उहाँले आफू प्रतिनिधिसभाको सदस्य भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’

    अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न थालेका हुन् ।

    वि.सं. २०७२ माघ २८ गते अनेरास्ववियुको २२औं राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ ।

    लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij