बिनिता शर्मा, सल्यान । केन्द्रिय स्तरबाट राज्यले समयमा नियम कानुन नपठाउँदा स्थानीय स्तर काममा बाधा पुग्ने स्थिति आएको छ । त्यसैले सल्यान जिल्लाको त्रिबेणि गाउँ पालिकामा स्थानीय जनप्रतिनिधिहरुको बैठक बसेको थियो । बैठकमा स्थानीय सरकार संचालनका लागी स्थानीय सरकार संचालन ऎन २०७४ को दफा १०२ को प्राबधान बमोजिम स्थानीय तहले संबिधानले दिएको अधिकारमा रहि आबस्यक बिषयका सम्बन्धमा कार्य संचालन गर्नका लागि कानुन बनाई राजपत्रमा प्रकासन गर्नु पर्ने भन्ने ब्यब्स्था भएको छ ।
ऎन, नियम,निर्देशिका,कार्यबिधी मापदण्ड,निर्णय,आदेश वा अधिकारपत्रहरु प्रकाशन गर्नका लागी परिच्छेद ५ ,दफा ८ भएको त्रिबेणि गाउँ पालिकाको राजपत्र प्रकाशन गर्ने सम्बन्धि कार्यबिधी २०७४ स्वीकृत गर्ने गरेको कार्यकारी अधिकृत रेवन्त डाँगीले जानकारी दिनुभयो । गाउँ पालिकामा रहेका ३०० योजनामा ६०% भुक्तानी भैसकेको त्रिबेणि गाउँ पालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो ।