आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘राजनीतिक दलभित्र लैंगिक विभेद कायमै’

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४



  • काठमाडौं, फागुन २४ । १०८औं अन्तराष्ट्रिय महिला दिवस बिहीबार देशभर विभिन्न कार्यक्रम गरी मनाइरहँदा नेपालको राजनीतिमा लामो समय खर्चिएका महिला नेत्रीहरुले भने पार्टीभित्र उचित स्थान नपाएको गुनासो गरिरहेका छन् ।

    नेपालको राजनीतिमा सीमित महिलाहरुलेमात्र प्रमुख पदमा स्थान पाउन सफल भएका छन् ।

    नेपालले धेरै वर्षअघि प्रजातन्त्र प्राप्त गरेपनि त्यो विधिवत् ढंगले अघि बढ्न नसकेको महिला नेत्रीहरुको भनाइ छ ।

    पछिल्लो समय संविधानले नै गरेको व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्तरुपमा स्थापित भएको देखिन्छ ।

    संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच पुर्‍याएको छ ।

    तर, नेपाली कांग्रेसकी महिला नेत्री पुष्पा भुसाल अझैपनि पार्टीभित्र महिलाले प्रमुख निर्णय गर्ने स्थान पाउन नसकेको बताउँछिन् ।

    भुसालले नेपालका हरेक राजनीतिक दलभित्र अझैपनि लैंगिक विभेद कायमै रहेको आरोप लगाइन् ।

    यस्तै, माओवादी केन्द्रकी महिला नेत्री सत्या पहाडीले महिलाको हक, अधिकार संविधानमामात्र सुनिश्चित नभइ उचित कार्यान्वयन पनि हुनुपर्ने बताउँछिन् । त्यसका लागि महिला आफैंपनि जागरुक हुनपर्ने महिला नेत्री पहाडीको भनाइ छ ।

    राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता पद महिलाले पनि एकचोटी सम्हालिसकेका छन् । उनीहरुले मुलुकको नेतृत्व महिलाले पनि गर्नसक्छन् भन्ने पुष्टिसमेत गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij