आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उद्योगमा औद्योगिक सुरक्षा स्टीकर

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४



  • चितवन, फागुन २५ । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टीकर टाँस्न सुरु गरिएको छ ।

    चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान सुरु गरेको हो ।

    बिहीबार रत्ननगरबाट सुरु भएको सो अभियानअन्तर्गत् शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टीकर टाँसिएको छ ।

    शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर महानगपालिकाकी प्रमुख रेणु दाहालले बोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टीकर टाँसेर महानगरका उद्योगमा स्टीकर टाँस्ने अभियानको शुभारम्भ गरिन् ।

    नगरप्रमुख दाहालले महानगरभित्र निर्वादरुपमा उद्योगधन्दा सन्चालन गर्ने वातावरण निर्माण गरिने बताइन् ।

    बन्द, हडताल र आन्दोलनका कारण निर्वादरुपमा सन्चालन हुननसकेका उद्योग, कलकारखाना फस्टाउन नसकेको उनको भनाइ छ ।

    यस्तै, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्मेवार पूरा गर्न तयार रहेको बताए ।

    आगामी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त पारिने उनले प्रतिबद्धता जनाए । जनशक्ति कम भएपनि औद्योगिक सुरक्षामा प्रतिबद्ध भएर लाग्ने थापा बताउँछन् ।

    उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले पहिलो चरणअन्तर्गत् चितवन र नवलपुरका करिब ५०० ठूला उद्योगमा स्टीकर टाँसिने बताए ।

    ठूला उद्योगमा स्टीकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टीकर टाँस्ने योजना छ । बिहीबारमात्रै पूर्वी चितवनका ३२ ओटा ठूला उद्योगमा स्टीकर टाँसिएको छ ।

    स्टीकरमा ‘सेवा, सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल’ नारा लेखिएको छ । विभिन्न क्षेत्रका सशस्त्र प्रहरी बलको फोन नम्बरसमेत त्यसमा राखिएको छ ।

    विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भन्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा बेस दलदले, सुरक्षा बेस मुकुन्दपुरको फोन नम्बर स्टीकरमा उल्लेख गरिएको छ ।

    कुनैपनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिनेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij