आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्रीलगायत केएमसी अस्पतालमा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गृहमन्त्री रामबहादुर थापा  सिनामंगलस्थित केएमसी हस्पिटल पुगेका छन्।

    उनले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको र दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्।

    सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।

    बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

    उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij