आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘विमान दुर्घटनामा ३६ जनाको मृत्यु’

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको छ ।

    बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको सोमबार विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

    विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    १७ जनाको केएमसीमा, पाँचजनाको नर्भिक अस्पतालमा र एकजनाको ॐ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्रै भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    दुर्घटनामा परेको विमानमा चालकदलका चारजनासहित ७१ जना सवार रहेको बताइएको छ । अरुको खोजीकार्य जारी रहेको पनि विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

    घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको पनि विमानस्थलले जनाएको छ ।

    विमानमा ३३ जना नेपाली सवार रहेको पनि बताइएको छ । तर, कसैको पनि परिचय खुलिसकेको छैन ।

    विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ दुर्घटना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु र विमानस्थलका अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए ।

    घाइतेहरुलाई हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

    विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा विमानस्थलमा दुर्घटना भएको हो ।

    विमान विमानस्थल टावरसँग सम्पर्क नगरी गलत दिशाबाट आएको जनाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले दुर्घटनास्थल पुगेर घटनाबारे जानकारी लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij