आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुर्घटनामा परेको विमानमा ३३ नेपाली, ३४ विदेशी यात्री सवार

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रीलाई केएमसी अस्पताल पुर्‍याइएको छ ।

    उपचारका लागि लगिएकामध्ये ८ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् ।

    अस्पतालले मृत घोषणा गरेका यात्रीमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्री छन् ।

    यस्तै, पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै, किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्रान्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ ।

    यस्तै, नर्भिक अस्पतालमा पाँचजनाको उपचार भइरहेको छ ।

    नर्भिकमा पाँचको उपचार, दुई गम्भीर
    नर्भिक अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

    विमानमा ३३ नेपाली, ३४ विदेशी
    दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रीमध्ये २२ नेपाली यात्रीको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणकाअनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij