प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४
अज्ञात समूहको गोली तथा खुकुरी प्रहारबाट गम्भीर घाइते कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागी काठमाडौं ल्याइने भएको छ।
कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आक्रमणबाट घाइते चौधरीलाई स्थानीय अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो।
मेडिकल कलेजका डाक्टरले काठमाडौं रिफर गरेकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको एसपी घिमिरेले जानकारी दिए।
सोमबार राति करिब सवा ८ चौधरीलाई अज्ञात समूहले घरभित्रै पसेर आक्रमण गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij