प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४
बिनिता शर्मा, सल्यान। त्रिबेणि गाउँ पालिकामा बिकास निर्माणकार्य तिब्र रूपमा अधि बढेको जनाईएको छ । गाउँ पालिकामा करिबकरिब ३०० योजनाहरु रहेकोे र हालसम्म ६० % भुक्तानी भैसकेको गाउँ पालिकाका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनु भएको छ ।
आफ्नो गाउँ पालिकामा अहिलेसम्म कुनै मतभेद नभएकोले संपूर्ण जनप्रतिनिधिहरु जिम्मेवार र जनताको म्याण्डेट अनुसार आएकोले उहाँहरु त्यहीँ अनुसारको जिम्मेवार हुनुहुन्छ काममा सहकार्य गर्ने सबै कुरा छिटोभन्दा छिटो निर्णय हुने भएकोले आफुहरुले छिटो बिकास निर्माणकार्यमा मुलुक भरी कै अहिलेसम्म भएको काम उत्कृष्ट भएको दाबीसमेत गर्दै अघि बढन सहयोग पुगेको अध्यक्ष डाँगीले बताउनुभयो । 


केन्द्र सरकारले कानुन निर्माणकार्य ढिलाइ गरेकोले आबश्यक कानुन आफ्नो अधिकार प्रयोग गरि बनाउने र त्यही कानुनी दायरामा रहेर अघि बढेको उहाँले बताउनुभयो, आफ्नो जनप्रतिनिधि हरुको समुह विभिन्न पार्टीबाट आएकोपनि जब बिकाश निर्माणकार्यको काममा एक ढिक्का हुने र कुनै पार्टीको हुँ भन्ने सोच कसैले नल्याउने भएकोले आफुलाई काम गर्न सजिलो भएको उहाँको दाबी रहेको छ ।
अहिलेसम्म ६ नम्बर प्रदेशको कार्यसम्पादनमा उत्कृष्ट काम गरेको दाबी गर्दै निकट भविश्यमा देश कै उत्कृष्ट त्रिबेणि बनाउने लक्ष्यकासाथ अधि बढेको उहाँको भनाई छ ।
राम्रो त्रिबेणि उत्कृष्ट त्रिबेणिको समग्र बिकास गर्नका लागि सबै जनप्रतिनिधि कर्मचारी र स्थानीय जनता एक ढिक्का भएर अघि बढेकोले देश कै उत्कृष्ट त्रिबेणि हुने ठोकुवा गर्दै उहाँले हालसम्म केन्द्र सरकारको निर्देशनमा रहि बैठक भत्ता बाहेक कुनै पनि सुबिधामा आफुहरुले तलब खाने आशा जनप्रतिनिधि नभएकोले त्यो कुराले खासै अर्थ नराख्ने उहाँको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij