आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन साता नपुग्दै मन्त्रालय फुटाइयो, आर्थिक भार कति बढ्यो

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ। साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्‍याइएको हो।

    अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय थिए। तीन साताअघि मात्रै ३० वटा मन्त्रालयलाई १७ वटामा झारिएको थियो। सरकारले साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएर शिक्षा, विज्ञान तथा प्रविधि छुट्टै र युवा तथा खेलकुद छुट्टै बनाएको छ।

    यसैगरी, साविकको श्रम तथा रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई फुटाएर श्रम तथा रोजगार छुट्टै तथा महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय छुट्टै बनाइएको छ भने साविकको खानेपानी तथा सहरी विकास मन्त्रालय फुटाएर खानेपानी छुट्टै र सहरी विकास छुट्टै मन्त्रालय बनाइएको छ।

    तीन साताअघि मन्त्रालय संख्या ३० बाट १७ मा झारेर प्रशंसा कमाएका प्रधानमन्त्री केपी ओली तीन साताभित्रै संख्या बढाएर आलोचित बनेका छन्। सरकारले संघीय फोरमलाई सरकारमा ल्याउनुपर्ने बाध्यताका कारण मन्त्रालय फुटाएको बताएको छ। एउटा मन्त्रालय थप गर्दा वार्षिक एक करोडभन्दा बढी आर्थिक व्ययभार थपिने गर्छ। पदीय भागबन्डा पुर्‍याउनकै लागि तीनवटा मन्त्रालय थप्ने निर्णय गरेस“गै राज्यले वार्षिक तीन करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको प्रशासकहरूले बताएका छन्।

    फुटाइएका मन्त्रालय :

    शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद :

    १. शिक्षा, २. विज्ञान तथा प्रविधि, ३. युवा तथा खेलकुद

    श्रम तथा रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा :

    १. श्रम तथा रोजगार, २. महिला बालबालिका तथा सामाजिक सुरक्षा

    खानेपानी तथा सहरी विकास :

    १. खानेपानी, २. सहरी विकास

    १७ मन्त्रालयको कार्यविभाजन नियमावली बनाएर सोहीअनुसार काम अघि बढिरहेको अवस्थामा फेरि एकाएक तीन वटा मन्त्रालय थप भएपछि कार्यविभाजन नियमावली संशोधन गर्नुपर्ने अवस्था आएको छ।

    यसअघि प्रशासनविद् काशीराज दाहाल नेतृत्वको संघीय प्रशासनिक पुन:संरचना समितिले मन्त्रालयको संख्या प्रधानमन्त्री कार्यालयसहित १५ वटा बनाउन सरकारलाई सुझाव दिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij