आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शनिबार गुडेका सरकारी गाडी नियन्त्रणमा, पहिलो दिनमै ५१ साधन समातिए

  • प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४



  • काठमाडौं, चैत ४ । ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

    सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

    शनिबार चेकिङका क्रममा सवारी पास नलिई चलाइएको सरकारी मोटरसाइकल नियन्त्रण गरेर बग्गीखानातर्फ लैजाँदै ट्राफिक प्रहरी, बग्गीखानामा राखिएको सरकारी गाडी ।

    गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।

    शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

    बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

    शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् ।

    यसबाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए ।

    उनले भने, ‘सरकारी सवारीसाधन बिदाका दिन पनि चलाइएको सूचना आयो । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij