आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक !

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • इन्डोनेसियाली महिलाको हत्या आशंकामा एक नेपाली युवक मलेसियाली प्रहरीको खोजी सूचीमा परेका छन् ।

                                          सदीप गुरुङ बस्दै आएको अपार्टमेन्ट, जहाँबाट शव बरामद भएको थियो ।

    पेनाङस्थित प्रहरीले २७ वर्षीय सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापास्थित एक फ्याक्ट्रीमा काम गर्दै आएका उनी हाल फरार छन् ।

    सदीपकी प्रेमिका भनिएकी २५ वर्षीया शान्ति रेस्तौली सम्बोलानको हत्या आशंकामा प्रहरीले उनलाई खोजी गरिरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार शान्तिको शव बिहीबार पेनाङको आयर इतामस्थित ग्रिन गार्डेन अपार्टमेन्टको फ्ल्याटको गुरुङ बस्दै आएको कोठामा भेटिएको थियो ।

    शव दराजभित्र ताल्चा लगाएर राखिएको अवस्थामा फेला परेको थियो ।

    शान्तिको हत्या करिब ३ दिनअघि नै भएको आशंका प्रहरीको छ । उक्त फ्ल्याटमा बस्दै आएका अन्य दुई नेपालीले गुरुङको कोठाबाट नराम्रो गन्ध आएको भन्दै गत बिहीबार राति १० बजे प्रहरीलाई खबर गरेका थिए ।

    गुरुङबारे अन्य जानकारी खुलाइएको छैन । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij