आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेरि किन एकअर्काविरूद्ध उत्रिए कपिल र सुनिल?

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • कपिल शर्माको नयाँ टिभी कार्यक्रम ‘फ्यामिली टाइम वीथ कपिल’ सुरू हुन एक साताको समय मात्र बाँकी छ। तर सो सुरू हुनुअघि नै कपिल पुन: विवादमा फस्न थालेका छन्। कपिल र उनका पुर्व सहकर्मी कलाकार सुनिल ग्रोभर पुन ट्विटरमा एकअर्कालाई होचो-अर्घेलो गर्न सुरू गरेका छन्। सुनिलले ट्विटरमा एउटा लामो पोस्ट राख्दै कपिललाई निशाना बनाएका छन्। जसको जवाफमा कपिलले ‘तपाई म भन्दा धेरै बुद्धिमान हुनुहुन्छ। कहिले कसरी खेल्ने, राम्ररी जान्नुहुन्छ। म वेबकुफ र भावुक छु।’

    यी दुबैबिच ट्विटरमा शुक्रबार वाकयुद्ध सुरू भएको हो। सो आउन लागेको एक फ्यानले  कपिल सोमा सुनिलको सगभागितालाई लिएर प्रश्न सोधेपछि दिएको जवाफ पछि उनीहरूबिच पुन: वाकयुद्ध सुरू भएको हो। प्रश्नकर्तालाई सुनिलले ‘ भाई तपाईजस्तो अन्यले पनि मलाई यही प्रश्न सोध्छन्। तर मलाई यो कार्यक्रमका लागि कुनै फोन आएको छैन्। मेरो नम्बर पनि बदलिएको छैन्। पर्खदा पर्खदा मैले अरू नै कुरामा अनुबन्ध गरिसकें। तपाईहरूको आशिर्वादले एउटा राम्रो काममा जोडिएको छु। चाडै तपाईहरू सामु आउनेछु’, भनेर जवाफ दिएका थिए।

    कपिलले शनिवार सो पोस्टको जवाफ फर्काए। कपिलले जवाफमा आफूले सुनिललाई करिब १०० पटकभन्दा बेसी फोन गरेको, दुई पटक घरमे भेट्न भनेर गएको तर भेट नभएको बताउँदै यसरी फोन नै नगरेको हल्ला नफैलाउन ट्विटरमा भनेका छन्।

    यी दुई कलाकारको अष्ट्रेलिया भ्रमणबाट फर्किने क्रममा प्लेनभित्रै झगडा भएको थियो। जसको असर उनीहरूले काम गर्ने कार्यक्रममा परेपछि शो नै बन्द हुनपुगेको थियो। पछि घटनाका लागि कपिलले सुनिलसँग माफी मागेका थिए। तर त्यसयता उनीहरूको सम्बन्ध सुमधुर छैन्।

    सय पटक कल गरेको र घरै भेट्न गएको कुरालाई सुनिलले झुट बोलेको र कपिलको दुर्ब्यबहार सार्वजनिक नहोस भन?ने हेतुले विगत एक वर्षदेखि चुप बसेको भनेका छन्। जवाफमा उनले आफूले नयाँ कार्यक्रमको कुरा गरेको पुरानो कार्यक्रमको होइन भनेका छन्। उनले ट्वीटरमा कपिलको स्वास्थ्यप्रति व्यग्य कस्दै ‘ध्यान दिनुहोला। दुईटा किड्नी तथा एउटा कलेजो हुन्छ, स्वास्थ्यको ख्याल गर्नुहोला’ भनेर कपिललाई जवाफ फर्काएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij