आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चार किलो अफिमसहित तीनजना समातिए

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • काठमाडौं, चैत ६ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चार किलो लागुऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ ।

    मंगलबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेकाहरुमा मकवानपुर, बकैया–६ का सोमबहादुर तितुङ, मकवानपुर, रानीसेराका बज्रबहादुर भोम्जन र मकवानपुर, गढी–शिखरकोटका प्रेमबहादुर थिङ रहेका छन् ।

    उनीहरुको साथबाट केही नगद र मोबाइलहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    लागुऔषध अफिमको खेती नेपालमा हुने गरेपनि प्रशोधन भने विदेशमै हुने गरेको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले बताए ।

    पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij