आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्रीको एयरपोर्ट अध्यागमनमा छड्के

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको छड्के अनुगमन गरेका छन्।

    मन्त्री थापा आकस्मिक रूपमा अध्यागमन पुग्दा ४ जना कर्मचारी मात्र भेटिएका थिए। मन्त्री पुग्दा प्रस्थानतर्फ १५ डेस्कमध्ये ४ जना कर्मचारी मात्र भेटिएका थिए। कर्मचारी नदेखेपछि थापाले तत्कालै बाँकी कर्मचारीको लिस्ट मगाएका थिए।

    गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार थापाले अनुपस्थित कर्मचारीलाई कारवाही गर्ने बताएका छन्। सामान्यतया अध्यागमनको प्रस्थान डेस्कमा दश जना कर्मचारी रहने गरेका छन्। कर्मचारीहरूसँग कडा मिसाजमा प्रस्तुत भएका थापाले अध्यागमनको लापरवाहीका कारण मानव तस्करी र अन्य तस्करी मौलाएको टिप्पणी समेत गरे।

    ‘अध्यागमनबाट मानव तस्करी र विभिन्न सामान तस्करी हुने गरेको सुन्न आएको छ। अन्य समानाहरू पनि तस्करी हुने गरेका छन्। त्यसलाई टिमिट्यान्न हुने काम अगाडि बढाउनुस्’, थापाले निर्देशन दिँदै भने, ‘त्यस्तामा संलग्न कसैलाई पनि नछाड्नुस्।‘

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij