आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

  • प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०७४



  • चितवन, चैत ८ । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ ।

    संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् ।

    निकुञ्जको मध्येवर्ती क्षेत्रमा समुदायसँगको सहकार्यमा गस्ती हुने र भित्रै कोर क्षेत्रमा नेपाली सेना र निकुञ्ज कर्मचारीको विशेष रणनीतिका साथ गस्ती हुने गरेको छ । ‘हामी रातदिन नभनी निकुञ्जको टोलीसँगै गस्तीमा जान्छौँ, भित्री कोर एरियामा भने विशेष अभियानका बेला समुदाय परिचालन हुन्छन्,’ रत्ननगर सौराहाकी नेचर गाइड डोमा पौडेल बताउँछिन् ।

    उनी रत्ननगर नगरपालिकास्तरीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको अध्यक्षसमेत हुन् ।

    पौडेलसँगै अन्य स्थानीय गाउँले अहिले सेना र निकुञ्जका कर्मचारीसँगै जंगल गस्तीमा जाने गरेका छन् ।

    यो मौसम खुला हुने र डढेलोका कारण वन्यजन्तु टाढासम्म देखिने भएकाले तस्करहरु सल्बलाउँछन् । त्यसैले निकुञ्जले सुमदायसँग मिलेर अहिले सुरक्षा चुस्त पारेको छ ।

    समुदायसँगको सहकार्यले वन र वन्यजन्तुको संरक्षण प्रभावकारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन् ।

    निकुञ्जको सुरक्षाका लागि विभिन्न मध्यवर्ती क्षेत्रमा सुमदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान गठन गरिएको छ । सुराकीसमेत समुदायबाटै परिचालन हुने गरेकाले नयाँखालका मान्छे गाउँ पस्नेबित्तिकै सूचना निकुञ्जमा पुग्ने गर्छ ।

    समुदायको सहकार्यबाटै कतिपय गैँडा तस्करलाई पक्राउ गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी बाघ र गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै हो । विदेशी पर्यटक गैँडा, बाघ हेर्न र प्रकृतिसँग रमाउनकै लागि चितवन आउने गर्छन् ।

    यहाँको सुरक्षामा अहिले स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्टलगायत उच्च प्रविधिको प्रयोग गरेर संरक्षण प्रभावकारी गराउँदै आएको छ । जंगलमा सिसी क्यामरा राखेरसमेत सुरक्षामा निगरानी गर्ने गरिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij