आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रामनवमी पर्व मनाइँदै, राम मन्दिरहरुमा भक्तजनको भीड

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • काठमाडौं, चैत ११ । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ ।

    काठमाडौं, चैत ११ । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ ।

    हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ ।

    असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

    यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

    यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।

    जनकपुरको रामजानकी मन्दिरसहितका मठमन्दिरहरुमा श्रद्धालु भक्तजनले पवित्र सरोबर गंगा सागरमा स्नान गरी पूजा पाठ गरेका छन् ।

    यस अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij