आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरी हिरासतमा रहेकालाई छुटाउन गृहसचिवको फोन

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • गृहसचिव मोहनकृष्ण सापकोटाको फोनपछि बैकिङ कसुरमा पक्राउ परेका प्रकाश मिश्रलाई प्रहरीले शनिबार बिहान छाडेको छ।

    मिश्रलाई ‘चेक बाउन्स’ मुद्दामा महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको थियो।

    मिश्रले किसन राईलाई दिएको एक करोड तीस लाखको चेकमा बैंकले खातामा पैसा नभएको भन्दै फिर्ता गरिदिएको थियो। त्यसपछि राईले प्रहरीमा उजुरी दिएका थिए।

    प्रहरीले  शुक्रबार मिश्रलाई पक्रिएर महानगरीय अपराध महाशाखा टेकुमा राखेको थियो।

    पक्राउ परेका मिश्रलाई छुटाउन गृहसचिव सापकोटाले शनिबार सिधै महाशाखामा फोन गरेका थिए।  सापकोटाको फोन पछि प्रहरीले बिदाको दिन भए पनि  सोमबार हाजिर हुनेगरी मिश्रलाई छाडेको  प्रहरी स्रोतले जानकारी दियो।

    सोमबार राईलाई पैसा बुझाउने सहमतिपछि राईकै सहमतिमा मिश्रलाई छाडेको प्रहरीले दाबी गरेकोछ।

    गृहसचिव सापकोटाले आफ्ना नजिकका मानिस छुटाउन प्रहरी संगठनको चेनअफकमाण्डसमेत लत्याएर सिधै हस्तक्षेप गरेको यो पहिलो घटना भने होइन।

    स्रोतका अनुसार केही दिनअघि सापकोटाले रुपन्देही प्रहरीले पक्राउ गरेका एक लागुऔषध कारोबारीलाई पनि छुटाउन फोन गरेका थिए।

    नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘सानातिना कुरामा सचिवज्यूले आफैं चासो राख्नुहुन्छ, उहाँलाई केही कुरा बुझ्नै पर्ने भए माथिल्ला हामीकहरूमार्फत सोधे हुने हो। तर उहाँ सिधै सोधीखोजी र हस्तक्षेप गर्नुहुन्छ।’

    गृहसचिव सापकोटाले भने आफूले त्यसरी हस्तक्षेप नगरेको दाबी गरे।

    सेतोपाटीसँग कुरा गर्दै सापकोटाले भने, ‘कसैलाई चित्त बुझेन होला तपाईंलाई गलत कुरा सुनायो, अपराधीलाई खोजी खोजी पक्राउ गर्नु भन्ने म आफैं हो, अनि कताबाट मान्ने छुटाउनु,’ उनले थपे, ‘त्यस्तो केही हैन, केही रहेछ भने बुझौंला।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij