आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीमा अब आन्तरिक बढुवा प्राथमिकतामा

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • काठमाडौं । प्रहरी निरीक्षकको रिक्त दरबन्दीमा खुला तथा आन्तरिकबाट बराबरी भर्ना लिई पदपूर्ति गर्ने प्रस्ताव गरिएको छ। गृह मन्त्रालयमा आइतबार संघीय प्रहरी ऐनको मस्यौदामा भएको छलफलमा खुला र आन्तरिक बढुवाबाट ५०/५० प्रतिशतबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको हो।

    संघीय प्रहरी ऐनको मस्यौदासम्बन्धी दोस्रो दिनको छलफलमा सहभागीहरूले अनुभवका आधारमा पनि आन्तरिक बढुवालाई प्रश्रय दिनुपर्ने धारणा राखेपछि ५० प्रतिशत आन्तरिक बढुवाको प्रस्ताव गरिएको हो। यसअघि खुलाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपूर्ति गरिने व्यवस्था थियो।

    मन्त्रालयको कानुन महाशाखाले तयार गरेको सो मस्यौदामा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव मोहनकृष्ण सापकोटा, सहसचिवहरू र उपसचिवहरूको सहभागिता रहेको छ। मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री थापाले प्रहरी सहायक निरीक्षकको भर्नामा ६० प्रतिशत आन्तरिक बढुवाबाट गर्न र ४० प्रतिशत खुलाबाट पूदपूर्ति गर्न सुझाव दिएका थिए।

    उनले आन्तरिक प्रतिस्पर्धा गराउँदा संगठनलाई बढी फाइदा हुने र अनुभवीहरूले प्राथमिकता पाउने भन्दै सो प्रस्ताव गरेका हुन्। अघिल्लो मस्यौदामा सो विषय उल्लेख थिएन।

    यसैगरी, वरिष्ठ हवल्दारको नयाँ पद सिर्जना गर्ने विषयमा भने अघिल्लो मस्यौदालाई सदर गरिएको छ। नेपाल प्रहरीमा वरिष्ठ हवल्दारको पद छैन। सशस्त्र प्रहरीमा मात्रै सो पद कायम छ। तल्लो तहका प्रहरी कर्मचारीको वृत्ति विकासमा असर नपरोस् भनेर प्रहरी सहायक निरीक्षकको पदपूर्तिमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र ४० प्रतिशत खुलाबाट लिइने अवधारणा बनाइएको मन्त्रालय स्रोतले जनाएको छ।

    गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफल एक दुई दिन लम्बिने संकेत गरे। ‘धेरै महत्वपूर्ण विषयहरू छन्, केही दिन लम्बिनेछ, त्यसपछि अन्तरविभागीय छलफलसमेत हुनेछ,’ उनले भने।

    मन्त्रालयको कानुन महाशाखाले यसअघि तयार पारेको संघीय प्रहरी ऐनमाथि दुई दिनदेखि गृह मन्त्रालयमा मन्त्री थापासहित छलफल भइरहेको छ। कानुन मन्त्रालयले १५ दिनभित्र मस्यौदा बुझाउन लिखित आग्रह गरेपछि गृह मन्त्रालय संघीय प्रहरी ऐनको मस्यौदामाथि छलफलमा जुटेको हो। (राजधानी दैनिक)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij