आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदर्शनकाक्रममा पक्राउ परेका १४ जना रिहा

  • प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४



  • काठमाडौं, चैत १५ । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारविरुद्ध बुधबार भएको विरोध प्रदर्शनकाक्रममा पक्राउ परेका १४ जनालाई बिनाशर्त रिहा गरिएको छ ।

    प्रदर्शनकाक्रममा पक्राउ परेका १४ जना रिहा

    बिहीबार महानगरीय प्रहरी परिसर टेकुबाट उनीहरु रिहा भएका हुन् ।

    रिहा हुनेहरुमा मोहन बस्नेत, गौतम मानन्धर, पवित्र कसाः, कृष्ण मानन्धर, जोगबहादुर महर्जन, महेश कारञ्जीतलगायत रहेका छन् ।

    रिहा भएपछि उनीहरुले विकासको नाममा ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका बस्ती तथा सहरको विनास गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरे ।

    काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन मानन्धरले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

    समितिलगायतका संघ–संस्थाद्वारा बुधबार आयोजित प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच नयाँबानेश्वर र माइतीघरमन्डलामा झडप भएको थियो ।

    त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र लाठीचार्ज प्रहार गरेको थियो भने १२ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

    सोहीक्रममा प्रहरीले पक्राउ गरेको १४ जनालाई बिहीबार रिहा गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij