आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डा. सन्दूक रुइतलाई भारतको प्रतिष्ठित पद्म भूषण पुरस्कार प्रदान

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • काठमाडौं, चैत २० । नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्म भूषण पुरस्कार प्रदान गरेको छ ।

    डा. सन्दूक रुइतलाई भारतको प्रतिष्ठित पद्म भूषण पुरस्कार प्रदान

    सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो ।

    डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको जिकिर गरेको छ ।

    भारत सरकारले त्यहाँको गणतन्त्र दिवसका अवसरमा डा. रुइतलाई सम्मानको घोषणा गरेको थियो । सोमबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले डा. रुइतलाई पद्म भूषण प्रदान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij