आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कृष्णनगर भन्सारमा राजश्व संकलन वृद्धि, ८ महिनामै वार्षिक लक्ष्य पुरा

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • कपिलवस्तु, चैत २० । कपिलवस्तुको कृष्णनगर भन्सारमा राजश्व संकलन वृद्धि भएको छ ।

     

    ओभरलोड बोकेका गाडी चेकजाँचमा कडाई गरिएसँगै भन्सार राजश्व दोब्बरले वृद्धि भएको छ । देशभरका भन्सार कार्यालयमा हुने चुहावटलाई रोकथाम गरी भन्सार राजश्व बृद्धि गर्न अर्थमन्त्री युवाराज खतिवडाले देशभरका प्रमुख भन्सार अधिकृतलाई कडा निर्देशन दिएलगत्तै भन्सार कार्यालय र स्थानीय प्रशासनले नाकामा कडाइ गरेका थिए ।

    गत महिनासम्म दैनिक भन्सार राजश्व ८० लाखसम्म उठ्ने गरेकोमा हालआएर ओभरलोड गाडी नियन्त्रणसँगै चेकजाँचमा कडाइ गरिएसँगै दैनिक १ सय प्रतिशतले राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

    कृष्णनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामै बार्षिक लक्ष्य पूरा गरिसकेको छ । कृष्णनगर भन्सारलाई चालु आर्थिक वर्षका लागि ४ अर्ब १३ करोड ५ लाख ४८ हजारको लक्ष्य तोकिएको थियो ।

    भन्सार अधिकृत टोपबहादुर भुसालले भन्सारमा तौलकाँटाको माग गरिएको बताए ।

    कपिलवस्तुमा मुख्य भन्सार कार्यालय कृष्णनगर र थप ५ छोटी भन्सार सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij