प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४
झापा, चैत २१ । झापाको भद्रपुर नगरपालिका–४ पुरी चोकमा मंगलबार बेलुका खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत प्रहरी जवान पुन्य प्रसाद पोखरेल रहेका छन् ।
स्थानीय पुण्यप्रसाद पुरीको घरमा लगाएको पुराणमा अस्थायी प्रहरी चौकी महेसपुरबाट गस्ती गर्दै जाने क्रममा सोही ठाउँका अन्दाजी ३५ बर्षीय सुवास राइले मादक पदार्थ सेवन गरी उनीहरुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर घाइते दुवै प्रहरीको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने राई वडा प्रहरी कर्यालय भद्रपुको नियन्त्रणमा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij