आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँदिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट ३० लाखको कपडा बरामद

  • प्रकाशित मिति : बिहिबार, चैत्र २२, २०७४



  • काठमाडौं, चैत २२ । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं–नयाँदिल्ली चल्ने पर्यटक बसमा भन्सार छली ल्याइएको ३० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

    भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना६प ६३०२ नम्बरको पर्यटक बसमा फल्स बटम बनाइ काठमाडौं भित्र्याउन लागेको अवस्थामा प्रहरीले बिहीबार नागढुंगाबाट सो कपडासहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा सोही बसका चालक रामबहादुर थोकर रहेका छन् । बसका सहचालक र बस धनी रमेश खड्का भने फरार छन् । उनीहरुको खोजी भइरहेको परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

    पक्राउ परेका चालक थोकरलाई बिहीबारै प्रहरीले पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ ।

    त्यसैगरी, प्रहरीले विभिन्न व्यक्तिहरुलाई नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने र विदेश पठाउने भन्दै सर्वसाधारणलाई ठग्ने चारजनालाई पनि पक्राउ गरेको छ ।

    उनीहरुले विभिन्न व्यक्तिहरुबाट करिब १ करोड १५ लाख रुपैयाँ रकम उठाएको प्रहरीको दाबी छ ।

    त्यस्तै, प्रहरीले नक्कली सर्टिफिकेट बनाएको अभियोगमा काठमाडौं, कीर्तिपुरका दुर्कबहादुर महर्जनलाई पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij